एनएमबि बैंकले माघ २५ गतेदेखि नगद लाभांश वितरण गर्ने, शेयरधनीलाई गर्यो यस्तो आग्रह

0
Shares

एनएमबि बैंकले गत आवको कमाईबाट वितरण गर्न पारित गरेको नगद लाभांश शेयरधनीको बैंंक खातामा माघ २५ गतेदेखि जम्मा गरिदिने भएको छ ।

बैंकको गत पुस २९ गते सम्पन्न साधारणसभाले पारित गरेको ३.२० प्रतिशत नगद लाभांश शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिने जनाएको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुलाई नगद लाभांश सोही खातामा क्रममानुसार जम्मा गर्ने ब्यवस्था गरिएको बैंकको भनाई छ।

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, आफ्नो शेयर धितो राखेका शेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा पेश गर्नसमेत अनुरोध गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार  ०८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।