सारथी नेपाल लघुवित्तको नाफा ५ करोड माथि, जगेडा कोषमा उत्कृष्ट सुधार

0
Shares

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा लघुवित्तले २ करोड १८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा २ करोड ९३ लाख ८२ हजजार रुपैयाँले नाफा बढाएको हो ।

चुक्ता पूँजी २३ करोड ५३ लाख रुपैयाँ रहेको सारथी लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४३.५० रुपैयाँ प्रतिशेयर नेटवर्थ १६५.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.७५ गुणा छ ।

लघुवित्तको जगेडा कोषको आकारमा भने उत्कृष्ट सुधार भएको छ । गत आवको यसै अवधिमा ३ करोड ६८ लाख रुपैयाँ जगेडा कोषमा ३१९.७६ प्रतिशतले बढाएर १५ करोड ४७ लाख रुपैयाँ सञ्चित गरेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तले ७६ करोड २१ लख रुपैयाँ निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट २ अर्ब २५ करोड रुपैयाँ सापटी लिई संस्थाले ३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

खराब कर्जा नोक्सानी व्यउवस्थामा ४४ करोड ९९ लाख २७ हजार रुपैयाँ प्रोभिजनिङ्ग गरेपछि लघुवित्तले ३६ करोड २ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । यद्यपी ४४ करोड ४३ लाख ४१ हजार रुपैयाँ खराब कर्जा असुली गर्दा लघुवित्त ५ करोड बढी नाफामा पुगेको हो ।

गत आवको दोस्रो त्रैमासम्ममा संस्थाले ४ करोड ४७ लाख खुद ब्याज आम्दानी, १ करोड ९७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । गतथ आवको ६ महिनामा लघुवित्तले ३४ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन तथा ८८ करोड ७७ लाख रुपैयाँ सापटी लिई १ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

पुस मसान्तसम्मा लघुवित्तको खराब कर्जा अनुपात बढेर ०.२५ बाट २.८६ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।