.png)
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँ, तेजावी सुन १ हजार ५० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ र चाँदी १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी ९० हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया