अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको आरोपमा एक प्रहरी हबल्दारलाई नियन्त्रणमा लिएको छ ।
आयोगले तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई १० हजार घुस सहित नियन्त्रणमा लिएको हो ।
हबल्दार भण्डारीद्धारा उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहानामा सेवाग्राहीसँग १० हजार घुस माग गरिएको थियो ।
सोही सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले हिरासतमा रहेको व्यक्ति छुटाइ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा हबल्दार भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
हबल्दारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया