सानिमा लार्ज क्यापको इकाई बाँडफाँड, फण्डको आकार २० प्रतिशतले बढ्यो

0
Shares

सानिमा लार्ज क्याप फण्डले निष्काशनमा ल्याएको इकाईकोे बाँडफाँड भएको छ । माघ २३ गते शुक्रबार इकाइको बाँडफाँड गरिएको हो ।

इकाइ खरीदका लागि निष्काशितभन्दा अधिक माग आवेदन परेपछि फण्डको आकार २० प्रतिशतले वृद्धि गरिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

निष्काशनमा ल्याइएको आकारको तुलनामा उच्च माग परेको खण्डमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था छ । सोही बमोजिम यस फण्डको आकार २० प्रतिशतले वृद्धि गरी एक अर्ब २० करोड पुर्याइएको हो । यसअघि क्यापिटलले एक अर्बको फण्ड जारी गर्ने तयारी गरेको थियो ।

फण्डको आकार वृद्धि भएसँगै एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई पुगेको छ । जसमध्ये बिज पूँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख ८८ हजार ९४० इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको छ ।

बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाई रितपुर्वक आवेदन दिन आवेदकलाई माग अनुसार नै बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ ।

फण्डको इकाई खरीदका लागि माघ ९ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेर सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।