हिमालयन डिष्टिलरीका उत्पादनको बिक्री बढ्दा साढे ५६%ले बढ्यो नाफा

0
Shares

कोरोना कहरपछि अन्य क्षेत्र सामान्य अवस्थामा फर्कर्ने संघर्ष गरिरहदा रक्सीको काराबोर भने उल्लेखीय रुपमा बढेको छ। हिमालयन डिष्टिलरीकाले गत आर्थिक वर्षको तुलनामा चालु आवको दोस्रो त्रैमासमा करिब ३४ प्रतिशतले बिक्री बढेको विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको उत्पादनहरुको बिक्री उल्लेखीय रुपमा बढ्दा नाफा समेत साढे ५६ प्रतिशतले बढाएको छ । चुक्ता पूँजी ५० प्रतिशतले बढाएको कम्पनीले राम्रो नाफा गर्दा प्रतिशेयर आम्दानी समेत सन्तुलनमा राखेको छ ।

कम्पनीले पुसमसान्तसम्म ३९ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३३.९३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले एक अर्ब ४४ करोड बराबरको उत्पादन बिक्री गरेको छ । जुन गत आवको भन्दा ३६ करोड बढी हो । साथै कम्पनीको प्रशासनिक र ब्याज खर्च समेत घटेको छ । तर कम्पनीको बिक्री तथा वितरण खर्च भने बढेको छ ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार भएको छ। कम्पनीले ५० प्रतिशतले पूँजी बढाउदा समेत नाफा बढाएको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्म ८७ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९१ रुपैयाँ ६६ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी ४७.१३ गुणा छ।

८६ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४९ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले गतवर्षको नाफाबाट ५० प्रतिशत बोनस र कर सहित ५० प्रतिशत नगद गरी शत प्रतिशत लाभांश वितरण गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।