एनआरएन इन्फ्रास्टक्चरको साधारण सभा आज

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (NRN) ले आज ( माघ २५ गते आइतबार) साधारण सभा सम्पन्न गर्दैछ । 

होटल अकामा, सुकेधारा काठमाडौँमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आठौँ वार्षिक साधारण सभा बोलाइएको छ ।

सभाले पुस १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २.८५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै सभाले संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारणका तर्फबाट ३ जना गरी ९ जना सञ्चालक समिचि चयन गर्ने लगायतका प्रस्तावाहरु पनि पारित गर्ने प्रस्तावहरु रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ ११ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।