विजय लघुवित्त (VLBS) को प्रगति क्रमबद्ध देखिएको छ । धेरै लघुवित्तहरुको बढ्ने तथा घट्ने क्रम देखिरहँदा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका बसन्तराज लम्सालले नेतृत्व गरेका यस लघुवित्तले चालु आवको दोस्रो त्रैमासको सन्तुलित प्रगति सहित वित्तीय विवरण प्रकाशन गरेको हो ।
विजय लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड २९ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको खुद नाफा २८.७४ प्रतिशतले बढेको हो ।
गत आवबाट नाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५४.७० रुपैयाँ रहेको छ । चुक्ता पूँजी वृद्धिको बावजुत गत आवको यसै अवधिको तुलनामा लघुवित्तले ४.१४ रुपैयाँले इपिएस बढाएको हो ।
चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको विजय लघुवित्तको जगेडा कोषमा १२ करोड ८५ लाख २३ हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४८.२१ रुपैयाँ, कोषको लागत ६.८८ प्रतिशत, र मूल्य आम्दानी अनुपात २१.१० गुणा छ ।
पुस मसान्तसम्ममा लघुवित्तले ८९ करोड ३१ लख रुपैयाँ निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट २ अर्ब ८७ करोड १६ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ७ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
पुस मसान्तसम्ममा १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको लघुवित्तको सञ्चालन नाफा ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ छ
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.६३ बाट बढेर ३.२१ प्रतिशत पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया