ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा दुई दिनमा ७ लाख धेरै आवेदन पर्यो

0
Shares

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले यहि माघ २३ गतेदेखि सर्वसाधारणमा जारी गरेकोसाधारण शेयरमा आइतबार बिहान साढे ११ बजेसम्ममा ७ लाख १६ हजार बढीले आवेदन गरेका छन् ।

कम्पनीको शेयर निष्काशन ताथ बिक्री प्रबन्धकमा बिओके क्यापिटलले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार ७ लाख १६ हजार ८६९ वटा आवेदन मार्फत १ करोड २९ लाख ३३ हजार ३४० कित्ताका लागि आवेदन परेको हो । यो सर्वसाधारणबाट माग भएको शेयरको तुलनामा ३.९८ गुणा धेरै हो ।

हाइड्रोपावरले सर्वसाधारणबाट ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन माग गरेको थियो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा माघ २७ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तयि दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ ।

ग्रीन लाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। । सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल लागत झण्डै ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रीनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ । आईपीओ पश्चात चुक्ता पूँजी एक अर्ब ८० करोड पुग्नेछ ।

ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।