अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस सहित नापी कार्यालय कञ्चनपुरका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव रहेको आयोगले जनाएको छ ।
सर्वेक्षक ठाकुरले जग्गाको कित्ता काट गरी दिने भन्दै लेखापढी व्यवसायी यादवमार्फत सेवाग्राहीसँग घुस माग गरेका थिए ।
सो सूचना प्राप्त हुन साथ आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले दुबै कर्मचारीलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुलाई कार्यालय संगै रहेको चियाखाजा पसलबाट रंगेहात पक्राउ गरी अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया