जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मास्के

0
Shares

जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् ।

कम्पनीको माघ २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त पदमा सोही कम्पनीमा सहायक महाप्रबन्धकमा कार्यरत मास्केलाई नियुक्त गरेको हो ।

मास्केलाई अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्न कायम मुकायमको महाप्रबन्धकको जिम्मेवारी तोकिएको कम्पनी सचिव रामप्रसाद पौडेललले जानकारी दिए ।

यसअघि इन्स्योरेन्सको महाप्रबन्धक पदमा एस. के. तमोट रहेका थिए ।

स्थापनाकालदेखिका महाप्रबन्धक रहेका तमोटको कार्यकाल गत कार्तिकमा नै समाप्त भएपनि सीईओ नियुक्ती गर्न ढिलाई भएपछि तमोटको कार्यकाल कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना थप गरेको थियो ।

माघ १८ गते पुनः तमोटको समयावधि सकिएसँगै तमोटले कम्पनीबाट बिदा लिएपछि महाप्रबन्धक पद खाली थियो । सोही रिक्त पदको जिम्मेवारी कम्पनीले मास्केलाई तोकेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  १४ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।