नेप्सेमा कीर्तिमान कायम हुँदा ८०% कारोबार अनलाइन मार्फत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सूचक संगै कारोबार रकममा पनि किर्तिमान कायम गरेको दिन करिब ५१ हजार लगानीकर्ताले अनलाइन कारोबार गरेका छन् । जुन कुल कारोबार गर्ने लगानीकर्ताको ८० प्रतिशत हो ।

नेप्सेका अनुसार हालसम्म अनलाइन मार्फत कारोबार गर्नका लागि ३ लाख २७ हजार भन्दा बढी लागाानीकर्ता युजरनेम र पासवर्ड लिएका छन् । आजको कारोबारमा ५० हजार ९ सय २३ लागनीकर्ता सहभागी थिए । आइतबार भएको कारोबार मध्ये ८०.०६ प्रतिशत कारोबार अनलाइन मार्फत भएको नेप्सेले जनाएको छ ।

पछिल्लो समय लगानीकर्ताहरुले दोस्रो बजार कारोबारमा उत्साहजनक सहभागिता जनाउँदै आएका छन् । यसको निरन्तरताका लागि दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वासनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेप्से सुचक संगै कारोबार रकममा पनि कीर्तिमान बनेको नेप्सेले जनाएको छ।

नेप्सेमा आइतबार ८७ हजार ६ सय ७० कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३ सय रुपैयाँ बराबारका १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर किनबेच भएका छन् । यसैगरी समग्र शेयर बजार परिसूचक नेप्से यस दिन २५२४ विन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  १६ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।