चालु आर्थिक वर्षको पुस महिनामा उपभोक्ता मुद्रास्फिति बढेको छ ।
सो अवधिमा उपभोक्ता मूल्यस्फिति ३.५६ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति २.९३ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको पुस महिनामा खाद्य तथा पेय पदार्थ, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढेपछि समग्र उपभोक्ता मुद्रास्फिति बढेको हो । गत आर्थिक वर्षको पुस महिनाको तुलनामा भने उपभोक्ता मुद्रास्फिति करिब आधाले थोरै हो । गत आवको पुसमा मुद्रास्फिति ६.८२ प्रतिशत रहेको थियो ।
चालु आवको पुसमा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति २.९९ प्रतिशत रहेको छ ।
२०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमुहको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको पुसमा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मुद्रास्फिति रहेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया