बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले माघ २७ गते मंगलबारदेखि आफ्नो स्वामित्वमा रहेको साढे ८ लाख कित्ता संसथापक शेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लघुवित्त कम्पनीको शेयर लिलाम बढाबढमा बिक्री खुल्ला गरेको हो ।
बैंकले छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको ७ लाख कित्ता र आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको एक लाख ५० हजार कित्ता संस्थापक समूहको शेयरहरू बिक्री खुला गरेको हो ।
दुबै शेयरको बिक्रीबाट बैंकले ४१ करोड ३० लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ । बैंकले छिमेक लघुवित्तको एक सय रुपैयाँ अंकित मूल्यमा लगानी गरेको संस्थापक शेयरलाई न्यूनतम ६०० रुपैयाँमा र आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ५२० रुपैयाँ तोकेर बिक्री खुलाा गरेको हो ।
यसअनुसार निष्काशनमा ल्याइएको छिमेक लघुवित्तको ७ लाख कित्ताबाट कम्तिमा ५०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ र आरएमडिसीको १ लाख ५० हजार कित्ताबाट ४२० रुपैयाँका दरले ६ करोड ३० लाख रुपैयाँ प्रिमियम बैंकले प्राप्त गर्नेछ । यससँगै तेस्रो त्रैमासमा बैंकको आम्दानी समेत बढ्नेछ ।
इच्छुक लगानीकर्ताले लिलामी शेयरमा माघ २७ गते मंगलबारदेखि चैत्र ३ गतेसम्म व्यक्ति संस्था र कम्पनीहरुले बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले बिओके क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा बैंक अफ काठमाडौं लिमिटेडको विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले तोकिएको न्युनतम शेयरमूल्यभन्दा माथि बढाबढ मूल्यमा र न्यूनतम १०० कित्तादेखि बिक्रीमा आएको अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया