आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को बोनस शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको चुक्ता पूँजीको १५ प्रतिशत बराबरले हुने आउने १३ लाख ४८ हजार ९८५ दशमलव १४ कित्ता बोनस मंगलबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।
मंगलबार सूचीकृत बोनस शेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त गर्नसाथ धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
गत मंसिर २२ गते सम्पनन लघुवित्तको साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
साधारण सभा र लाभांश वितरण प्रइोजनका लागि लघुवित्तले मंसिर ८ गते बुकक्लोज गरेको थियो । यसअनुसार नेप्सेमा मंसिर ७ गतेसम्म शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
सम्बन्धीत समाचार लिङ्कहरु:-
- लागत आधा घट्दा समेत आरएमडिसी लघुवित्तको नाफामा गिरावट
- आरएमडिसी लघुवित्त र अरुण काबेलीको साधारण सभा आज
- आरएमडिसी लघुवित्तको शेयरमूल्य समायोजन
- आरएमडिसी लघुवित्तले तोक्यो साधारण सभा र बुकक्लोज मिति
- आरएमडिसी लघुवित्तले बोनस तथा नगद गरी कूल २० प्रतिशत लाभांश दिने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया