प्रहरीले विभिन्न ठाउँबाट स्रोत नखुलेको २४ लाख ९० हजार रूपैयाँ र ३१ लाख १६ हजारका चेक सहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उक्त रकम र नगद रौतहट र सर्लाहीको मलंगवाबाट पक्राउ गरेको हो । 
प्रहरीले स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ र ३१ लाख १६ हजार बराबरको ५ थान बैंक चेक सहित रौतहटका २७ वर्षीय मोहम्मद दिलसाद आलमलाई पक्राउ गरेको हो।
सोमबार दिउँसो पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको ३ लाख रुपैयाा सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मलंगवा ३ का २३ वर्षीय सरताज मिकरानी, सोही नगरपालिका ५ का २० वर्षीय सैफली मिकरानी र २५ वर्षीय तस्बिर मिकरानी रहेका छन् ।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
साथै सो रकम लिन गएको बिआर ३० टि ५७७९ नम्बरको मोटरसाइकल चालक सैफली मिकरानी र मोटरसाइकलमा सवार तस्बिवर मिकरानी समेतलाई आवश्यक अनुसन्धानको लागि पक्राउ गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया