नेपाल सेवा लघुवित्तको खुद नाफामा छलाङ, इपिएस २८ पुग्यो

0
Shares

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड (NSEWA) ले आफ्नो खुद नाफामा ६१९ प्रतिशतको उच्च सुधार गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको गरेको लघुवित्तले ७३ लाख ९९ हजार रुपैयाँले वृद्धि गरेको हो ।

चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) २७.९५ रुपैयाँ कायम भएको छ ।

यस्तै जगेडा कोषमा १ करोड २९ लाख ४६ हजार रुपैयाँ सञ्चित रहँदा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२१.०५ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७३ गुणा छ ।

पुस मसान्तसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ निक्षेप स्ंकलन तथा ५८ करोड ८४ लाख रुपैयाँ सापटी लिएर ७१ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले २ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कोभिड असरका कारण १.७० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.१५ प्रतिशत पुग्दा लघुवित्तले ५ करोड ४७ लाख प्रोभिननिङ्ग गरेको लघुवित्तले सोभन्दा २ लाख बढी खराब कर्जा असुली गरेको छ ।

उच्च प्रोभिजनिङ्गका कारण लघुवित्तको सञ्चालन नाफा ५३ लाख ५९ हजार रुपैयाँ ऋणात्मक छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।