सुनको मूल्य मंगलबार एक हजार ५०० रुपैयाँले बढेर कारोबार

0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाा सुन प्रतितोला १ हजार ५ सय रुपैयाँ र तेजावी १ हजार ४५० रुपैयाँले बढेको हो । यस्तै मंगलबार चाँदी भाउ पनि तोलामा २५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भयो ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ, तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।