
सरकारले माघ ३० गते नेपाल सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
माघ ३० गते शुक्रबार ‘सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने निर्णय’ भएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया