
बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले खुद नाफामा उच्च गिरावट आएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत आवको यसै अवधिमा ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ नाफा गरेको कम्पनीको नाफा समीक्षा अवधिमा ८३.८९ प्रतिशतले घटेको हो ।
कोरोना भाइरस संक्रमणका कारण खिम्ति जलविद्युत आयोजना सञ्चालन गरिरहेको हिमाल पावर लिमिटेडको साधारण सभा सम्पन्न हुन ढिलाई भएकाले उक्त कम्पनीबाट प्राप्त हुने लाभांश आउन ढिलाई भएकाले पनि कम्पनीको नाफा घटेको कम्पनीले जनाएको छ ।
चुक्ता पूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ रहेको कम्पनीको वाषिक प्रतिशेयर आम्दानी ६४ बाट घटेर ९.३८ रुपैयाँमा सीमित भएको छ । जगेडा कोष ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ सञ्चित राख्दा कम्पनीको प्रतिशेयर नेटवर्थ २३३.०९ रुपैयाँ छ ।
पुस मसान्तसम्म कम्पनीले विद्युत बिक्री गरेर ३९ करोड ३ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा विद्युत बिक्रीबाट ४० करोड ४७ लाख ३७ हजार रुपैयाँ गरेको थियो ।
त्यसैगरी कम्पनीको सञ्चालन नाफा पनि ९० करोड १० लाख १२ हजार रुपैयाँबाट घटेर १६ करोड ३५ लाख ८९ हजार रुपैयाँमा संकुचित भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया