नेप्सेको कारबाहीमा परेका १३ मध्ये ७ कम्पनीको शेयर कारोबार फुकुवा

0
Shares

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार रोक्का गराएका १३ कम्पनीमध्ये ७ कम्पनीको कारोबार फुकुवा गरेको छ ।

धितोपत्र बोर्ड र नेप्सेले माग गरे बमोजिममा विवरण उपलब्ध गराएपछि ति कम्पनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर, पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिर्भसल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथरपावर, राद्यी विद्युत, रैराङ र युनियन हाइड्रोगरी ७ जलविद्युत कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र कालिका लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो । यसअघि राष्ट्रिय बीमा कम्पनी र बिशाल बजार कम्पनीको पनि कारोबार रोक्का गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।