सुनचाँदीको मूल्य बिहीबार घट्यो

0
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।  मंगलबार तोलामा १ हजार ५०० रुपैयाँले बढेको सुनको भाउ बुधबार स्थीर रहेकोमा बिहीबार घटेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलाको ४०० रुपैयाँ, तेजावी ४५० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँ तोकिएको छ ।

बुघबार छावापाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।