महालक्ष्मी लाइफको खुद बीमाशुल्क ६७% ले बढ्यो

0
Shares

महालक्ष्मी लाइफले चालु आवको दोस्रो त्रैमाससम्ममा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद बीमाशुल्क ६६.७९ प्रतिशतले बढाएको हो ।

गत आवको यसै अवधिमा कम्पनीले २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफामा समेत सामान्य सुधार आएको छ । पुसमसान्तसम्ममा कम्पनीले ५ करोड १८ लाख ६१ हजार रुपैयाँबाट बढाएर ५ करोड १९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ०.२९ प्रतिशतले मात्र धेरै हो ।

पुस मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको जीवन बीमा कोष १६८.७९ प्रतिशतले बढाएर १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सले यस अवधिमा ३ वटा बीमा दाबी वापत १० करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनी बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।