स्वाभिमान लघुवित्त (SMFBS) को शेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनसको शुक्रबार बुकक्लोज भएसँगै नेप्सेले बोनस शेयरमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सले २० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २३३३ रुपैयाँ तोकेको छ ।
बिहीबार लघुवित्तको प्रतिकित्ता शेयर २७९९ रुपैयाँमा कारोबार भएको आधारमा २० प्रतिशत बोनस समायोजन गरिएको हो ।
यससँगै शुक्रबार समायोजन भएको शेयरमूल्यलाई आधार मानेर लघुवित्तको आगामी आइतबार शेयर कारोबार खुल्नेछ । नेप्सेको प्रि-ओपन सेसनमा ५ प्रतिशत तथा नियमित कारोबार समयमा २ प्रतिशत घटबढ भएर शेयर कारोबार हुने गरेको छ ।
लाभांश पारित गर्न लघुवित्तले फागुन १३ गते बिहीबार चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
- स्वाभिमान लघुवित्तको लाभांश पाउन बिहीबारसम्म शेयरधनी बन्नुपर्ने
- स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया