स्वावलम्बन लघुवित्तको नाफा ३० प्रतिशत घट्यो

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) को खुद नाफा ३० प्रतिशत धेरैले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्त कम्पनीले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २६ करोड ४४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी घटेपछि लघुवित्तको नाफा प्रभावित बनेको हो । गत आवको यसै अवधिको तुलनामा चालु आवको यसै अवधिमा खुद ब्याज आम्दानी १ करोड १ लाख ८६ हजार रुपैयाँ घटेर ६३ करोड ५० लाख ३० हजार रुपैयाँमा संकुचित बनेको छ ।

यस्तै खराब कर्जा अनुपात १.३७ बाट बढेर ४.०२ प्रतिशतमा पुगेपछि सम्भावित जोखिम वापतको व्यवस्था रकम ५ करोड ३१ लखबाट बढेर १६ करोड ७६ लाख १७ हजार रुपैयाँ पुगेको छ । यसले पनि लघुवित्तको नाफा घटेको हो । लघुवित्तको सञ्चालन नाफा २९ करोड २९ लाख १ हजार छ ।

पुस मसान्तसम्ममा लघुवित्तले १० अर्ब १० करोड ५ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब २८ करोड ५२ लाख रुपैयाँ सापटी गरी १५ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ४६.५७ रुपैयाँ छ । यस्तै जगेडा कोषमा १ अर्ब ५३ करोड १८ लाख ४५ हजार रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ २९३.३२ रुपैयाँ छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.०४ गुणा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।