पश्चिमी वायुको प्रभावः हिमपातको सम्भावना

0
Shares

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।

उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने रहेको छैन ।” उनले भने ।

हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार  १८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।