महुली लघुवित्तको लाभांश घट्यो, २१ प्रतिशत वितरण गर्ने

0
Shares

महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको माघ २९ गते सम्पन्न ११३ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

अघिल्लो आव २०७५/७६ बाट कम्पनीले २० प्रतिशत बोनस र ११.५५९ प्रतिशत नगद गरी कुल ३१.५५९ प्रतिशत लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको १० प्रतिशतले नगद लाभांश घटेको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।