आजदेखि दोस्रो बजारमा शेयर कारोबार खुला भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा (प्रतिकित्ता ३४० रुपैयाँ) कारोबार खुला भएको बैंकको शेयरमूल्यमा नियमित कारोबारको सुरुवाति समयमा नै सकारात्मक सर्किट लागेको हो ।
आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको बैंकको शेयरमा उच्च माग देखिएको छ । कारोबारको ५ मिनेटभित्रै कम्पनीके शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँ बढेर ३७४ पुगेको हो । सर्किट मूल्यमा नै २ हजार ६४५ वटा अर्डर मार्फत ९ लाख ५२ हजार कित्ता शढी शेयरको माग नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टमममा देख्न सकिन्छ । बैंकको शेयरको बिक्री अर्डर शुन्य रहेको छ ।

बैंकले यहि माघ २ गते देखि माघ ६ गते मंगलबारसम्म आपीओ निष्काशन गरेको थियो । जसमा १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर पाएका थिए भने ५० देखि धेरै शेयर माग गर्ने लगानीकर्ताहरुबाट ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथाबाट थप १० कित्ता गरी ६० कित्ता शेयर प्राप्त गरेका थिए ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, र ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि बाँडफाँड गरिएको थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजदेखि दोस्रो बजारमा शेयर कारोबार खुला
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया