आइतबार सुनको मूल्य घट्यो

0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको १ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ, तेजावी ९० हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँ, तेजावी ९० हजार ४ सय रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको तुलनामा आइतबार चाँदी २० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।