कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा करार सेवामा जागिर खुल्यो

0
Shares

शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले करार सेवाका विभिन्न अधिकृत स्तरका पदहरुमा कर्मचारीको दरखास्त आह्वान गरेका छ ।

शिक्षलयले कृषि प्रशिक्षक २ जना, फार्मेसी प्रशिक्षक ३ जना, मेडिकल ल्याव प्रशिक्षक, वन प्रशिक्षक, आर्किटेक्ट÷निमार्ण प्रशिक्षक, जुलोजी प्रशिक्षक, गणित प्रशिक्षक, केमेस्ट्री प्रशिक्षक, फिजिक्स प्रशिक्षक, होटल म्यानेजमेन्ट प्रशिक्षक र रेडियोग्राफी प्रशिक्षक एक।एक जना गरी १३ जना अधिकृत स्तर तृतिय अन्तर्गतका कर्मचारी माग गरेका हो ।

त्यस्तै सूचना प्रविधि सहायक प्रशिक्षक १ जना, सवारी चालक १ जना, कार्यालय सहयोगी ५ जना र सुरक्षा गार्ड ३ जना गरि जम्मा २३ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १६ गते आइतबारसम्म दरखास्त दिन सक्नेछन् । आवेदन फारम शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही १७, गैरागाउँ दाङबाट प्राप्त गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।