शेयर कारोबारमा फेरि अर्को नयाँ रेकर्ड

0
Shares

नेपालको शेयर बजारमा नयाँ नयाँ रकेर्ड कायम हुने क्रममा सोमबार फेरि अर्को एउटा नयाँ रकेर्ड कायम भएको छ।

सोमबारको बजारमा बजार खुलेको आधा घण्टा नपुग्दै एक अर्ब बढीको शेयर किनबेच भएको छ । बजार खुलेको पहिलो आधा घण्टाभित्रै एक अर्ब बढीको शेयर कारोबार भएको यो पहिलो पटक हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत शेयर धितो कर्जा सम्बन्धीका व्यवस्थामा कम्तिमा तीन महिना कुनै परिमार्जन नहुने भनिएपछि सोमबारको बजारमा शेयर खरिदको चाप देखिन्छ । आइतबारको बजारमा ३३ अंक बढीको करेक्शन आएकाले पनि सोमबार बजार प्रवेश गर्नेहरुका लागि अवसर रहेकाले पनि शेयरको माग बढेको हो ।

सोमबार बजार खुलेको २६ मिनेटमा कारोबार रकमले एक अर्ब नाघेको छ । यसअवधिमा १७९ कम्पनीका १५ लाख ४५ हजार कित्ता शेयर एक अर्ब २६ लाख बढीको शेयर किनबेच भएको छ । यसअवधिमा नेप्से सूचक ४६.२७ अंकले बढेर २५३९.८६ अंकमा पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।