नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ, तेजावी ९० हजार ४ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाा तोकिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ र चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
माघ २८ गते स्थीर रहेको सुनको मूल्य माघ २९ गते देखि ओरालो लाग्दै आएको थियो भने आज अर्थात मंगलबार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया