.png)
बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको १ हजार १ सय रुपैयाँ, तेजावी १ हजार ५० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ, तेजावी ८९ हजार ३५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३४० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँ, तेजावी ९० हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया