पूँजी बजारको विकासको लागि विभिन्न १८ बुदे माग राख्दै गत फगुन २ गते देखि आमरण अनशन बसेका शेयर लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन्।
बुधबार नेपाल धितोपत्र बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघको पूँजी बजार समितिका पदाधिकारी तथा विभिन्न लगानीकर्ताका संघसंगठनको छलफलपछि बजारको विकासका लागि ५८ बुँदेका बाँकी काम संयुक्त रुपमा गर्ने प्रतिवद्धता पाएपछि कोइरालाले अनशन तोडेका हुन ।
नेपाल धितोपत्र बोर्डले कोइरालाले राखेको पूँजी बजार सम्बन्धि विकासका १८ बुँदाहरु मध्ये धितोपत्र ऐन नै संशोधन गर्नुपर्ने बाहेकका काम अघि सारीने आश्वासन दिएको छ ।
अहिले व्यवस्थापिका संसद विगठन भएको हुनाले ऐन नै संशोधन गरेर गर्नुपर्ने काम तत्काल हुन असम्भव भएकाले ऐनको संशोधन गरेर गर्नुपर्ने बाहेका काम अघि वढाउने आश्वासन बोर्डले दिएको हो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया