वित्तीय प्रणालीमा एक खर्ब बढी तरलता रहने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले बिहीबार रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । .jpg)
नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा करिब ६६ अर्ब तरलता छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत उठाएको ४२ अर्ब बराबरको निक्षेप उपकरण बिहीबार नै परिपक्क हुनेभएपछि वित्तीय प्रणालीमा एक खर्ब बढी तरलताको अवस्था कायम भएको हो ।
वित्तीय प्रणालीको तरलता एक खर्ब भन्दा माथि पूग्ने भएकाले बिहीबार २० अर्ब रिभर्स रिपो मार्फत खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । बिहीबार केन्द्रीय बैंकले २० अर्ब खिचेपछि पनि वित्तीय प्रणालमिा ८० अर्ब बढी अधिक तरलता रहने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए।
बजारमा देखिएको अधिक तरलता भनेको केन्द्रीय बैंकले दिएको पुनरकर्जाको रकम भएको राष्ट्र बैंकको भनाई छ । केन्द्रीय बैंकले हालसम्म ८३ अर्ब रुपैयाँ पुनरकर्जा प्रदान गरिसकेको छ । गत पुसको मध्यतिर वित्तीय प्रणालीमा २ खर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको थियो । त्यो अधिक तरलता आयात बढेसंगै प्रशोचन भैसकेको भट्टको भनाई छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया