
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ८ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार २ सय रुपैयाँ, तेजावी ८७ हजार ७५० रुपैयाँ र चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
गत हप्ताको बुधबार देखि निरन्तर घटिरहेको सुनको मूल्य आज बढेको महासंघले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया