अपि पावर कम्पनी (API) ले फेरि हकप्रद निष्काशन गर्ने भएको छ ।
यसअघि चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गरेको कम्पनीले पुनः सो हकप्रद र बोनस पश्चात कायम चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने भएको हो ।
हकप्रदको अनुमति माग गर्दै कम्पनीले फागुन ९ गते आइतबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डले जनाएको छ ।
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख ८४ हजार २७५ रुपैयाँको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख ८४ हजार २७५ रुपैयाँ पुग्नेछ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यसअघि कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म चुक्ता पूँजीको ४७.६१९ प्रतिशत बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया