नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको साढे ११ लाख बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार आईसिएफसि फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता र स्पर्स लघुवित्त वित्तीय संस्थाको १ लाख ८२ हजार ८०८ दशमलव ९७ कित्ता गरी जम्मा ११ लाख ६० हजार ४४६ कित्ता बोनस शेयर थपिएको हो ।
यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको लाभांश नेप्सेमा सूचीकृत गराएका हुन् ।
उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया