स्रोत नखुलेको २५ लाख ५० हजार सहित दुई जना पक्राउ

0
Shares

प्रहरीले स्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतबाट अवैध रुपमा लुकाई ल्याई नेपाली रुपैयाँ नेहा फेन्सी स्टोर धनुषामा राखेको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा १ हजार रुपैयाँ दरको १ हजार ६ सय वटा नोट र ५ सय रुपैयाँ दरको १ हजार ९ सय वटा नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका–५ बस्ने सोही स्टोरका संचालक ३५ वर्षीय संजय कुमार साह र भारत बिहार बस्ने २४ वर्षीय सुमित कुमार यादब रहेका छन्।

मंगलबार बिहान पक्राउ परेका उनीहरुलाई उक्त रुपैयाँ सहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।