स्रोत नखुलेको २५ लाख ३५ हजार सहित दुई व्यक्ति पक्राउ

0
Shares

प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई कलैया उपमहानगरपालिका–८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार बस्नेहरू ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजयको साथमा तथा डिक्कीमा लुकाई राखेको १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान गरी उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।