
तारागाउँ रिजेन्सी होटल (TRH) ले फागुन १४ गते शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण होटलले आफ्नो रजिष्टर्ड कार्यालय बौद्ध काठमाडौंमा सीमित व्यक्तिको उपस्थितीमा बाँकी शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सभा गर्ने जनाएको छ ।
सभाले सञ्चालक समितिले गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६।७७ मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत (५ प्रतिशत कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
होटलले हाल कायम चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउनेछ ।
सभाले सञ्चालक समितिमा समुह ‘ग’ बाट प्रतिनिधित्व गर्नेगरी १ जना सञ्चालक नियुक्त गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गरेको छ । यसअनुसार, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया