मेरो माइक्रोका कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम

0
Shares

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरण सम्बन्धी तालिम सम्पन्न गरेको छ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोट र मनमैजु काठमाडौंका सम्पूर्ण फिल्डका कर्मचारीहरु लाभान्वित भएका छन् ।

सो अनुगमन कार्यालय बट्टार अन्तर्गत तीन जिल्लाका ८ शाखा कार्यालय र मनमैजु अन्तर्गत ८ जिल्लाका १२ शाखा कार्यालयका ५४ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने हुँदा उनिहरुको सकारात्मक सोच र उर्जाशील प्रयत्नबाट संस्था दिगो बिकासमा टेवा पुग्ने हुदा संस्थाको लक्षित उद्देश्य हासिल गर्नतर्फ अग्रसर हुन आह्वान गरे ।

यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि खोल्न लागेका नयाँ शाखा संचालनमा आए पश्चात देशका ६० जिल्लामा १३० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  १३ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।