
नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँ महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ।
महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ, तेजावी सुन ८८ हजार २५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ३३० रुपैयाँ तोकेको छ ।
साताको पहिलो दिन आइतबार तोलाको ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँ, तेजावी ८७ हजार ८५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया