एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफको संस्थापक शेयर बिक्रीमा

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको २५ हजार संस्थापक शेयर लिलाममा ल्याएको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न लगानीकर्ताले फागुन १७ गते सोमबार देखि फागुन २३ गते आइतबार सम्म आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य ४९२ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले न्यूनतम १०० कित्ताका आवेदन दिनुपर्नेछ ।

आवेदन फारम एनआईसी एसिया क्यापिटल बबरमहल काठमाण्डौं, बैंकको कर्पोरेट कार्यालय र शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिन्छ ।

उक्त शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।