आठ लाख घुस बाटैमा फ्याकेर गाउँपालीकाका अध्यक्ष फरार, सवारी चालक अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख घुस सहित धनुषा बटेश्वर गाउँपालिकाका सवारी चालक विर बहादुर मगरलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार गाउँपालीकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट गएको टोली पुग्दा गाउँपालीकाका अध्यक्ष राउत क्षेत्री गाउँपालिकाका सवारी चालक विर बहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्कारपियो गाडीमा भागेका थिए।

अध्यक्ष छिरेश्वर न.पा ५ को बाटो छेउको जमिनमा उक्त रकम फ्याकी फरार रहे भने सवारी चालक विर बहादुर मगरलाई वटेश्वर गा.पा. वडा नं. ४ बाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

फागुन १७ गते सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान अगडि बढाइएको आयोगले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।