सनराइज ब्लूचिप फण्डको इकाई बिक्री चैत १ गतेदेखि

0
Shares

सामुहिक लगानी कोष योजना सनराइज ब्लूचिप फण्डले आगामी चैत १ गतदेखि फण्डको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक सनराइज बैंकलाई एक करोड ५० लाख इकाई वा बिक्री भएको इकाईको १५ प्रतिशत सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

फण्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत १६ गतेसम्म इकाई बिक्री खुला रहनेछ ।

इकाई खरीदका लागि धितोपत्र बोर्डबाट सि आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयरको वेवसा्रइट तथा मोबाइल एप मार्फत अनलाईबाट समेत आवेदन दिन सकिने व्यवस्था छ ।

दश वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजनामा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्ता इकाईका लागि आवेदन गर्न सकिनेछ ।
कम्पनीले सञ्चालन गर्न लागेको इकाईको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।