बुधबारको प्रि ओपनिङ सेसनमा कुल २९ कम्पनीको शेयर कारोबार भएकोेमा १३ कम्पनीको शेयरमूल्य बढेको छ । ११ कम्पनीको शेयर मूल्य घटेको बजारमा ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज शेयर बजार परिसूचक नेप्सेमा ६.०२ अंकले घटेको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा गिरावट आएपछि परिसूचकमा घटेकोे हो । यससँगै नेप्से २ हजार ४४९ दशमलव २३ बिन्दुमा झरेकोे छ ।
प्रि–ओपनिङ सेसनमा २९ कम्पनीका २ हजार ७६३ कित्ता शेयरहरु २६ लाख ४८ हजार १९० रुपैयाँमा किनबेच भएका छन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया