
यस साताको चौथो दिनको शेयर बजार पनि राताम्मे भएको छ । झण्डै ४० अंकले घटेको बजारमा सस्ता मूल्यका शेयर उठानेहरु सक्रिय हुँदा कारोबार रकममा भने सुधार आएको छ ।
मंगलबार र बुधबार गरेर शेयर बजार एक सय अंकले घटेको छ । बजार घटेपनि सस्तो मूल्यमा शेयर उठाउनेहरुको सक्रियता कायमै रहँदा कारोबार रकमले साथ दिएको छ । बुधबारको बजारमा व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सूचकहरु राताम्मे भएका छन् ।
साल्ट्र ट्रेड्रिङको मूल्यमा सकारात्मक सर्किट लाग्दा व्यापार समुह ९.२६ प्रतिशतले बढेको छ । चन्द्रागिरीको मूल्य दश प्रतिशतले बढ्दा होटल तथा पर्यटन समुह सकारात्मक रह्यो । अन्य समुहका सूचक भने ओरालो लागेका छन् ।
बुधबार समग्र नेप्से सूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा झरेको छ । यसदिन २१२ कम्पनीको १ करोड १३ लख ९२ हजार कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको भन्दा १४ करोड बढी हो । मंगलबार ६ अर्ब ११ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको थियो ।
| NEPSE | 2,416.00 | 39.23 | 1.6 | ||
| Sensitive | 436.80 | 7.12 | 1.6 | ||
| Float | 166.57 | 2.37 | 1.41 | ||
| Sen. Float | 142.25 | 1.59 | 1.1 | ||
| Sub-Indices | Current | Points Change | % Change | |
| Banking | 1,756.09 | 17.3 | 0.98 | |
| Trading | 3,617.21 | 306.54 | 9.26 | |
| Hotels And Tourism | 2,169.81 | 35.17 | 1.65 | |
| Development Bank | 2,507.11 | 32.68 | 1.29 | |
| HydroPower | 1,909.36 | 20.32 | 1.05 | |
| Finance | 1,116.29 | 12.32 | 1.09 | |
| No Life Insurance | 12,446.56 | 167.88 | 1.33 | |
| Manu. & Pro. | 5,215.40 | 87.58 | 1.65 | |
| Others | 1,908.44 | 84.35 | 4.23 | |
| Microfinance | 4,131.25 | 56.43 | 1.35 | |
| Life Insurance | 16,361.39 | 452.53 | 2.69 | |
| Mutual Fund | 12.94 | 0.13 | 1 | |
| Investment | 93.48 | 2.26 | 2.36 |
यसदिन नेपाल टेलिकमको शेयर भाउ घटेर उच्च कारोबार भयो । बजारमा बोनश हल्ला चलाइएको भएपनि टेलिमकले प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि शेयर भाउ घटेको हो । टेलिमको करिब ३० करोड बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्सले पनि लाभांश नदिने भएपछि शेयर बिक्रीको चाप परेको छ । जसको २८ करोड बढीको किनबेच भयो ।
साल्ट ट्रेडिङ्ग र चन्दा्गिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालयन पावर पार्टनर तथा नेशनल हाइड्रो लगायतका कम्पनीको शेयरमूल्य बढेको छ । एशियनल लाइफको सबैभन्दा धेरै ६ प्रतिशत बढीले शेयर मूल्य घटेको बजारमा वरुण हाइड्रो, नेपाल टेलिकम लगायतको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ ।










प्रतिक्रिया