महिला सहयात्रा लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

0
Shares

महिला सहयात्रा लघुवित्त (MSMBS) ले आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  लघुवित्तको फागुन १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत्र १८ गते बुधबार सभा आह्वान गर्ने निर्णय गरेको हो ।

साधारण सभा ओम अध्याय रिट्रिट रिर्सोट थाहा न.पा ६ मकवानपुरमा बिहान ११ बजे देखि सञ्चालन गरिने लघुवित्तले जनाएको छ ।  लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।

लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत्र १ गते आइतबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार फागुन २६ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा उपस्थित जनाउन र लाभांश पाउनेछन् ।

लघुवित्तका अनुसार हालको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।