.png)
बिहीबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५०० रुपैयाँ, तेजावी ८६ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २८५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँ, तेजावी ८७ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार १ हजार रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया